कोशी प्रदेश पर्यटन वर्ष २०८२ को यहि चैत २७ गते तिनजुरेबाट

कोशी प्रदेशको पर्यटन वन तथा बाताबरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेशमा विभिन्न पर्यटय स्थल रहेकोले पर्यटक भित्रयाउन सकारात्मक प्रचारप्रसार आवशक रहेको बताउनु भयो।
कोशी प्रदेश बिराटनगरमा आज पर्यटन वर्षलाई सफल पार्ने रणनीतिबारे पत्रकारहरु संग छलफल गर्दा मन्त्री मण्डलले पर्यटन वर्षलाई सफल बनाउन प्रदेश भरिका पर्यटक क्षेत्रबारे सकारात्मक प्रचारप्रसार आवश्यक रहेको बताउनु भयो। उहाले पर्यटन वर्ष मनाउन लाग्दा कोशी प्रदेशलाई समृद्धि बनाउने उदेश्यले अगाडी बढाएको छ। हामिले सकारात्मक सोच लिएर अगाडी बढनु पर्छ। के गर्दा पर्यटन वर्ष सफल पारी कोशी प्रदेशलाई समृद्धि बनाउन सकिन्छ भने सुझाबको लागि आज यो अन्तरक्रिया आयोजना गरेको बताउनु भयो। मन्त्री मण्डलले भारतको महाकुभको उदाहरण दिनु हुँदै उहाँले भारतिय पत्रकारहरुले महाकुम्भ मेलाको राम्रो र सकारात्मक प्रचारप्रसार गरेकै कारण मेलामा सोचेको भन्दा बढी भक्तजन उपस्थित भएकोले यो पर्यटन वर्षलाई पनि बढी भन्दा बढी सकारात्मक प्रचारप्रसार गरियो भने पर्यटक भित्रीने र सफल हुने कुरामा बिश्वस्त रहेको बताउनु भयो।


कोशी प्रदेश पर्यटन वर्ष २०८२ को यहि चैत २७ गते तिनजुरेबाट प्रधानमन्त्री केपि शर्मा ओलिले शुभारम्भ गर्ने पर्यटन वर्ष २०८२ को
सह सम्योजक भबिष्य श्रेष्ठले जानकारी दिनु भयो। आजको अन्तरक्रिया कार्यक्रममा ूकोशिको गौरव हिमालको शान पर्यटन वर्षमा सबैलाई सम्मानू भन्ने नारा सार्वजनिक गरेको छ। साथै कार्यक्रममा २०८२ को लोगो र मस्कट समेत सार्वजनिक गरेको छ। पर्यटन वर्ष २०८२ को सह सम्योजक कृष्ण साहले
पर्यटन वर्षमा कसरी धेरै भन्दा धेरै पर्यटन भित्र्याउने भन्ने कुराको तयारी र रणनीति बनाईरहेकोले २०८१ साललाई तयारी वर्षको रुपमा लिएर तयारी गरेको बताउनु भयो।