१०८८ के .जी अवैध गाँजा  ३ मानिस पक्राउ

अवैध गाँजा सहित  मानिस पक्राउ गरिएको।
आज मिति २०८१।१२।२१ गते अं १४स्३० बजेको समयमा जिल्ला मोरङ जहदा गाउँपालिका बडा नम्बर ७ ,सितमटोल स्थित घरकोठामा लागुऔषध गाँजा संचय तथा भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थान जिल्ला मोरङ जहदा गाँउपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ को उमेश कामतको घर कोठामा तलाशी गर्दा निजको घर कोठा भित्र कालो प्लाष्टिकमा प्याक गरी राखेको अबस्थामा ३४ पोका गाँजा फेला पारी तौल गर्दा प्रति पोका ३२ के.जी .रहि जम्मा १०८८ के .जी .लागूऔषध गाँजा फेला परेकोमा सो गाँजा बरामद गरी सो संचय गर्ने कार्यमा सम्लग्न मध्येका निज उमेश कामतलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

 

५ बस्ने बर्ष ३३ को अरविन्द कुमार साहको घरकोठा तलाशी गर्दा कालो प्लाष्टीकमा प्याक गरी राखेको अबस्थामा १५ के।जी। गाँजा फेला पारी सो गाँजा समेत बरामद गरी निज अरविन्द कुमार साह समेतलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी
रहेको । पक्राउहरुमा जिल्ला मोरङ जहदा गाँउपालिका वडा नम्बर ७ बस्ने ईन्द्र कामतको छोरा बर्ष २७ को उमेश कामत । जिल्ला मोरङ जहदा गाँउपालिका वडा नम्बर ५ बस्ने किसन शाहको छोरा बर्ष ३३ को अरविन्द कुमार साह । बरामद भएको सामानहरु उमेश कामतको साथबाट मोवायल ३ थान ।
२।अरविन्द कुमार साहको साथबाट मोवायल थान २ र भारतिय नगद रु .५,५०० र नेपाली रु .९,५०० फेला परेको थियो ।