
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका १ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीले स्थापन दिवसको अवसरमा आज शनिबार विविध कार्यक्रम गरी मनाएको छ।
टंकी स्थ्ति गण परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी शम्भु सुवेदीले राष्ट्रद्वारा निर्देशित गरिएका जिम्मेवारीहरुमा केन्द्रित रहँदै सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले सशस्त्र प्रहरी बलको संगठनले दिएको जिम्मेवारी अनुसार सांगाठनिक लक्ष्य हासिल गर्न सधैं संयमित भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन समेत दिए । कार्यक्रममा विभिन्न खेल नाचगान नृत्य लगायतका मनोरजनका कार्यहरु समेत गरिएको थियो।
सरकारले दिएको निर्देशन अनुसार सशस्त्र प्रहरीले आफ्नो काम कर्तव्य निष्ठापूर्वक गर्दै आएको बताउँदै सुवेदीले भने, ‘हामी सम्पूर्ण संगठनका सदस्यहरुको अनुशासन, कार्यदक्षता र व्यावसायिक जीवन नै हाम्रो आधारशीला भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरेर एउटा पहिचान बनाउन सफल भएका छौं ।’ कार्यक्रममा मोरङ जिल्ला स्थ्ति सवै विओपी कार्यालयका ईन्चार्जहरुको उपस्थ्तिी रहेको थियो । कार्यक्रममा मोरङ जिल्लाको प्रमुख जिल्ला धिकारी , मोरङको नेपल प्रहरीका एसपी , स्थानीय तहका मेयरगाउपालिकाका अध्यक्षहरुको समेत उपस्थ्तिी रहेको थियो ।