
विराटनगर, चैत्र २८ गते ।
सुनसरी र उदयपुरको २ स्थानहरुबाट चैत्र २७ गते लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपलालिका १ स्थितमा भारतबाट नेपाल तर्फ पैदल आईरहेका सुनसरीको धरान उप(महानगरपालिका ५ का २७ बर्षीय बुस्टन लिम्बु र धरान ११ की २५ बर्षीया संगिता तामाङलाई ब्राउनसुगर ७ ग्राम ८ सय मिलिग्राम सहित नियन्त्रणमा लिएर सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट थप अनुसन्धान गरीरहेको छ । यसैगरी उदयपुरको बेलका नगरपालिका ९ भचुवा स्थितका २१ बर्षीय दिवस बि क लाई इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलिले १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ
परेका तिनैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।