
विराटनगर,बैशाख ०४ गते ।
मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते विराटनगर महानगरपालिका १६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा ७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम र सुनसरी इटहरी २ का ३० बर्षीय पासाङ शेर्पा र २५ बर्षीय रबिन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी २२ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर ४ स्थितबाट बराहक्षेत्र ६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।